Notice

आठौं सगरमाथा अन्तरमावि रनिङ्ग शिल्ड वक्तृत्वकला प्रतियोगिता 2076

News

19 Jan, 2020

जिल्ला स्तरीय आठौं सगरमाथा अन्तरमावि रनिङ्ग शिल्ड वक्तृत्वकला प्रतियोगिताको उपाधी अन्नपुर्ण बोर्डिङ्ग स्कुल सुनवलले जितेको छ । रुपन्देही र पश्चिम नवलपरासीका १९ प्रतिस्प्रर्धीलाई पछी छोड्दै विद्यार्थी सम्झना सुवेदीले अन्नपुर्ण बोर्डिङ्गलाई उपाधी दिलाएकी हुन् । यसअघि पनि दुई पटक अन्नपुर्ण बोर्डिङ्ग नै रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम बनेको थियो । यो सहित गरि तेस्रो पटक पनि विजेता बनेको अन्नपुर्णले रनिङ्ग शिल्डमा कब्जा जमाएको हो । उसले उपाधीसँगै रनिङ्ग शिल्ड, प्रमाणपत्र र नगद ५ हजार लगेको छ । ‘आफ्नै माटो आफ्नै पहिचान, आर्थिक समृद्धि अबको अभियान’ शिर्षकमा भएको प्रतियोगितामा उपविजेता बनेको कान्ति मावि बुटवलले ४ हजार नगद सहित शिल्ड, प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा कान्तिकी विद्यार्थी दीपिका घिमिरे द्वितीय बनेकी हुन् । यस्तै प्रतियोगितामा दीप बोर्डिङ्ग स्कुल बुटवलका विद्यार्थी ग्रिस्मा पोखरेल तृतीय भईन भने प्यारामाउण्ट बोर्डिङ्ग स्कुल नयाँमिल दीपिका पाण्डे र मदरटङ्स एकेडेमी देवदहका लक्ष्मी अधिकारीले प्रोत्साहन पुरस्कार हासिल गरे । उनीहरुले क्रमश जनही ३ र २÷२ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले समृद्ध नेपालका लागि बोलीभन्दा संकल्पको आश्यकता रहेको बताउनुभयो । उहाँले भाषणमा मात्र विकास र समृद्धिको कुरा गरेर नहुँने उल्लेख गर्दै सम्भावनाको खोजी गर्न तथा परिवर्तनका लागि कुराभन्दा संकल्प जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षामा प्रतिस्प्रर्धी हुनु अहिलेको खाँचो रहेको जिकिर गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, देवदह नगरपालिकाका वडानम्बर ६ का वडाध्यक्ष पदम थापा, एन प्याब्सन रुपन्देहीका पुर्व अध्यक्ष देउप्रकाश राई, प्याब्सन रुपन्देही उपाध्यक्ष एकनारायण काफ्ले, एन प्याब्सन रुपन्देही सचिव बाबुराम बन्जाडे, प्राध्यापक डाक्टर घनश्याम परिश्रमी न्यौपाने, विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेल लगायतले शैक्षिक गतिविधिसँगै सैद्धान्ती र ब्यवहारिक ज्ञानलाई विद्यालयले उत्तिकै जोड दिनुपर्ने बताउनुभयो । विद्यालयका शिक्षक प्रदीप अधिकारीको संचालनमा भएको प्रतियोगितामा रुपन्देही र पश्चिम नवलपरासीका गरि डेढ दर्जनबढी विद्यालयका प्रतिस्प्रर्धी विद्यार्थीहरुको सहभागिता रहेको सहप्राचार्य लेखनाथ काफ्लेले जानकारी दिनुभयो