सगरमाथा आवासिय मा.वि.मा कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न

News

08 Sep, 2019

  सगरमाथा आवासिय मा.वि.मा कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न   मिति २०७६/०५२२ गते ४० औँ र्राष्ट्रिय तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारी सगरमाथा आवासिय माध्यमिक विद्यालयमा रहेको इन्ट्राक्ट क्लबको आयोजनामा कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ३ देखि १० सम्मका करीव ८८ जना विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा कक्षा ३, ४ र ५ तर्फ कक्षा ५ बाट समृद्धि खरेल प्रथम, कक्षा ४ बाट प्रेक्षा जी.सी. द्धितिय, कक्षा ५ बाट प्रियङ्का पाण्डे मगर तृतिय र कक्षा ५ बाट बेबिका काफ्लेले सान्त्वना स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ६ देखि १० तर्फ कक्षा १० बाट आयुष भूषाल प्रथम, कक्षा ७ बाट ओजस्वी न्यौपाने द्धितिय , कक्षा १० बाट राजिव खत्री तृतिय र कक्षा ६ बाट अंकुर पोखे्रलले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रम इन्ट्राक्ट क्लबका आविष्कार पराजुलीको अध्यक्षता, शिक्षक दधिराम ज्ञवाली र विष्णु कुमारी थापाको मूल्याङ्कन र कक्षा १० की छात्रा कृति खरेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण अतिरिक्त कृयाकलाप प्रमुख अजय थापा मगरले गर्नुभएको थियो ।