सगरमाथा मा.वि.मा पूर्व आधारभूत तहको अभिभावक दिवस सम्पन्न

News

20 Sep, 2019

          सगरमाथा मा.वि.मा पूर्व आधारभूत तहको अभिभावक दिवस सम्पन्न  सगरमाथा आवासीय मा.वि.देवदह– ७ शीतलनगरमा आज संविधान दिवसको अवसर पारेर Sagarmatha Joyful Learning Home  को आयोजनामा प्लेगु्रप देखि कक्षा १ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको उपस्थितीमा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथमा सम्पन्न भएको छ । विद्यार्थीहरुले शैक्षिक उपलब्धिको अलवा विभिन्न सांस्कृतिक एवं सिर्जनात्मक पक्षहरुको पनि विशेष भूमिका रहने हुँदा उनीहरुको सृजनात्मक क्षमतालाई प्रस्फुटीत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, अभिनय लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वडा नंं ७ का वडा अध्यक्ष पदम थापाले सगरमाथा स्कुलले व्यक्तित्व विकाशमा विशेष भूमिका निर्वाह गरेकोमा विद्यालयलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल्ली राज मरासिनीले द्यिालयले नयाँ नयाँ पद्धती र विधिहरुको प्रयोग गरि अब्बल नागरिक उत्पादन गर्ने कार्य निरन्तर रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जेनियस एकेडेमी नेपालका सहजकर्ता तुमला ढुङ्गाना, प्राचार्य कृष्ण प्रसाद पौडेल लगायत अभिभावकहरुले पनि आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  प्लेगु्रप देखि कक्षा १ सम्मका करिब ४५० विद्यार्थी अभिभावकको उपस्थिती रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता, शिक्षक अमृता सापकोटाको स्वागत र शिक्षक रमा पन्थी र तारा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।